जन सरोकार

अभौतिक मुद्रा प्रयोग तथा जुवा वा सट्टावाजी गर्ने पाँच जना पक्राउ

अभौतिक मुद्रा प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसुरमा संलग्न रहेको अभियोगमा पाँच जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ बस्ने पर्वत जलजला गाउँपालिका-३ घर भएका ३१ वर्षीय रूपेन्द्र जिसी, म्याग्दी बेनी नगरपालिका-५ घर भएका ३३ वर्षीय बिक्रम बानियाँ, बेनी नगरपालिका-२ घर भएका २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा गाउँपालिका-२ घर भएका १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दिप कटुवाल रहेका छन् ।

पोखरा महानगरपालिका-१४ अनुपम टोलस्थित घरमा शंकास्पद गतिविधी भइरहेको भन्ने सूचानाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई मोबाइल ३१ थान, कम्प्युटर मनिटर २ थान, सिपियु ३ थान, ल्याप्टप ४ थान, आई प्याड १ थान, किवोर्ड २ थान, माउस १ थान, राउटर ४ थान, पेनड्राईभ ३ थान, हार्डडिक्स १ थान, चार्जर ११ थान र नगद ७२ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।

साथै उनीहरूले हालसम्म ३० करोड रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.