लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।

रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनायो । आर्मीका लागि सन्तोष कार्कीले अद्र्धशतकीय पारी खेले । उनले ९८ बलको सामना गर्दै १० चौका र एक छक्का हान्दै ७६ रन बनाए ।
यस्तै विनोद भण्डारीले ५० बल खेल्ने क्रममा ५ चौका प्रहार गरी अविजित ४७ रन बनाए । तिर्तराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए ।
बलिङतर्फ बागमती प्रदेशका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले दुई दुई तथा सोनु देवकोटाले एक विकेट लिए । अहिले बागमती प्रदेशले आर्मीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।
बागमतीका लागि इशान पाण्डेले ३.४ ओभरमा ११ रन दिएर २ विकेट लिए । रिजन ढकाल र प्रतिश जिसीले पनि समान २ विकेट लिँदा सोनु देवकोटाले १ विकेट लिए ।
यसअघि बागमती पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । आर्मीले भने आज पहिलो खेल खेल्दै छ ।
प्रतिक्रिया राख्नुहोस्