बिशेषराजनीति

एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने अवस्थामा हामी छैनौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमप्रति कटाक्ष गर्दै ‘एउटा जुलुश निकाल्न विदेशीको फोटो टाँस्नुपर्ने अवस्थामा आफूहरु नरहेको’ बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ ।”

सोमबार गैह्रसरकारी संस्था महासङ्घको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले गैह्रसरकारी संस्थाहरुलाई बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न पनि आग्रह गर्नुभएको छ ।

विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.