राजनीति

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित

राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गर्नुभएको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित

अध्यक्षले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’, ‘विधायनसम्बन्धी विधेयक, २०८०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ प्रमाणित गर्नुभएको हो ।

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि भोलि मङ्गलबार राष्ट्रपति कहाँ पठाइनेछ । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ ।

राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.