राजनीति

एमसीसी नेपालको निर्माण व्यवसायलाई अन्तर्राष्ट्रियस्तरको बनाउने मौका : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ५५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत प्रसारण लाइन तथा सडक मर्मतको योजनामा नेपाली ठेकेदारहरुले पनि प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने भएकाले प्रतिस्पर्धा गर्न सुझाउनुभएको हो ।

अमेरिकी कानुनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेन्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताउँदै प्रधानमन्त्री देउवाले नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुशी हुने पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले एमसीसीका परियोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेन्डर हुने भएकाले नेपालकाले पनि हिम्मत गरेर एमसीसीको बिडिङमा सफल हुन शुभकामना दिंदै नेपाली ठेकेदारहरु त्यसमा सफल भए नेपाली जनता खुसी हुने बताउनुभएको हो ।

एमसीसीका परियोजनामा विश्वका जुनसुकै देशका ठेकेदरले प्रतिस्पर्धा गर्नसक्ने भएकाले एमसीसीमा प्रतिस्पर्धा गरेर सफल भए अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ढोका खुल्ने र नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.