प्रबास

मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा शिवमूर्ति स्थापना

अमेरिकाको मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन शहरमा भगवान शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण प्रतिष्ठा गरिएको छ ।

गत मार्च ८ शुक्रबार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाई भएको शिवको मूर्ति, बसाहा र त्रिशुल स्थापना गरिएको हो ।

सो शिव मूर्ति नेपाली समुदायद्वारा अमेरिकाको विभिन्न राज्य र शहरहरुमा स्थापना गरिएका देवी देवताका मूर्तिहरुमध्ये सबैभन्दा ठूलो हो ।

यअघि सन् २०१७ मा पशुपति बुद्ध मन्दिरमाको अर्को स्थानमा ठूलो बुद्धको मूर्ति स्थापना गरिएको थियो भने हाल उक्त मुर्ति पनि जर्मनटाउन मै सारिएको छ ।

यो विशाल मूर्ति दीपक श्रेष्ठ, सुनील श्रेष्ठ, नानीमैया श्रेष्ठ तथा उहाहरुकै सबै सम्पूर्ण परिवारहरुले पशुपति बुद्ध मन्दिरलाई प्रदान गर्नु भएको हो ।

श्री पशुपति बुद्ध मन्दिरमा १२ बजे पछि रुद्री अभिषेक र प्राण प्रतिष्ठा सम्पन्न गरियो । साथै महाशिवरात्रीको कार्यक्रम अन्तर्गत ५ देखि ६स्३० सम्म सङ्कल्प पूजा र ६ बजे शिव धुनी गरिएको थियो ।

त्यस्तै ६ः३० देखि ७ः३० सम्म शिव भजन तथा कृतनको आयोजना गरियो । मन्दिरका पण्डित गोविन्द अधिकारीले सबै पूजा अर्चना, प्राण प्रतिष्ठा ,रुद्री अभिषेक र संकल्प पूजा गराएका थिए ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसिसी)का अध्यक्ष डा प्रज्ज्वल रेग्मीले शिव मूर्तिका दाता लगायत सम्पूर्ण समुदायलाई मन्दिरको उन्नति र प्रगतिमा साथ सहयोग गर्नु हुने नेपाली समुदायलाई बिशेष रुपमा हार्दिक धन्यबाद सहित आभार व्यक्त गरेका छन् ।

त्यसै गरी एनइसिसीका वर्तमान गुठी उपाध्यक्ष तथा पूर्व अध्यक्ष सरोज प्रजापतिले हर्ष व्यक्त गर्दै सबैलाई धन्यवाद दिएकी छिन् ।

गुठीका अध्यक्ष खिलेन्द्र न्यौपानेले शिव तथा बुद्धका ठूला प्रतिमाहरु स्थापना भै सके पछि मन्दिरको नाम अनुसार काम भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण मूर्तिदाताहरु र अन्य सबै दाता तथा समुदाय प्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.