जन सरोकार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती ६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा सिरहा नगरपालिका-६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बसबिट्टा कमला बाँधस्थित बाख्रा चराइरहेकी निर्मलालाई रामले हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.