राजनीति

‘राजतन्त्र फर्कने सम्भावना छैन’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताउनुभएको छ । वासु मावि कालीघाट व्यासी भक्तपुरको सोमबार आजोजित ६३औँ वार्षिकोत्सव पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रममा उहाँले राजतन्त्र फर्कने सम्भावना नरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष बिजुक्छेँ

अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “प्रजातन्त्रप्राप्तपछि राजनीतिक दलले जनताको मन जित्ने गरी काम गर्न नसक्दा निराशा छाएको छ । तर त्यसको अर्थ अब राजा चाहिन्छ भन्ने होइन, जसरी सानो छँदाको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र कुनै हालतमा फर्कदैन र फर्किन दिनुपनि हुन्न ।”

प्रजातन्त्र पुनःस्थापनापछि बनेका सरकारहरुले अपेक्षाअनुसारको काम गर्न नसकेको उहाँको भनाइ थियो । वर्गीय रुपमा राजाहरु गरिब वर्गको नभई सामन्त वर्गमै हित गर्ने भएको उहाँले बताउनुभयो । अध्यक्ष बिजुक्छेंले राजनीतिक दलका नेताहरु आफ्ना कमजोरीका कारण जनता राजाका पक्षमा फर्केलान भन्ने त्रासमा रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.