जन सरोकार
कास्कीको सैमराङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
म्याग्दीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रविन्दु भएर मंगलबार भूकम्प गएको छ । बिहान ४ बजेर ११ मिनेट जाँदा सैमराङलाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन ।
यसअघि गत फागुन १६ गते सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्युडको, फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो ।
प्रतिक्रिया राख्नुहोस्