राजनीति

“जनताले लोकतन्त्रको विकल्प होइन, राजासहितको लोकतन्त्र खोजेको हो”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले राजासहितको लोकतन्त्र चाहेकाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने बताउनुभएको छ ।

मंगलबार सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको र जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको नभई राजासहितको लोकतन्त्र खोजेको बताउनुभएको छ ।

अध्यक्ष थापाले लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको स्पष्ट पार्दै राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको बताउनुभएको छ ।

उहाँले बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।

थापाले लेख्नुभएको छ, “लोकतन्त्रको विकल्प राजतन्त्र होईन,हुनसक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो । लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.