राजनीति

पूर्व राजाका निर्देशनमा भएका पछिल्ला गतिविधि दण्डनीय

सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षमा भैरहेको पछिल्लो गतिविधि उहाँकै निर्देशनमा भएको भन्दै यो कार्य दण्डनीय भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै बर्तौलाले पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेको र सो कार्य दण्डनीय भएको भन्दै भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन् । पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् ।’

त्यसै गरी बर्तौलाले प्रदर्शनका क्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली हुनु गैरकानुनी भएको बताउँदै त्यस्तालाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो ,

आफ्नो धारणा राख्ने क्रममा बर्तौलाले संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरू सचेत हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.