चोरीमा संलग्न तीन जना पक्राउ
चोरीमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ डेरा गरी बस्ने सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ५२ वर्षीय राज कुमार कार्की, धादिङ घर भएका ३३ वर्षीय फुल बहादुर तामाङ र भारत बिहार घर भएका ३२ वर्षीय महोमद इमरान रहेका छन् ।

कीर्तिपुर नगरपालिका-३ ढल्पाबाट सुन तथा चाँदीका गरगहना लगायतका सामानहरू फागुन १५ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने रिङ २ थान, सुनको जस्तो देखिने सिक्का १ थान, घडी १ थान, चाँदीको जस्तो देखिने तिलहरी १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, सुनको जस्तो देखिने पोते सहितको तिलहरी १ थान, नगद ३ हजार रूपैयाँ, मोबाइल ३ थान, ल्याप्टप २ थान समेत बरामद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्