क्रिकेटखेल

क्रिकेटर बोहरा सम्मानित

क्रिकेटर दीपक बोहरालाई गृह जिल्ला बैतडीमा सम्मान गरिएको छ । हालै युएईमा सम्पन्न एसिया छनाेटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दै सन् २०२४ मा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । उक्त नेपाली टोलीका सदस्य बोहरा पनि थिए ।

क्रिकेटर बोहरा सम्मानित

बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले सम्मान गरेको हो । उनी उक्त एकेडेमी तथा क्लबमा आबद्ध छन् ।

बैतडी जस्तो विकट क्षेत्रबाट राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्दै विश्वकपमा पु¥याउन योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

दीपकलाई खादा, अबिर र प्रमाणपत्रसहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बैतडी जिल्ला क्रिकेट सङ्घका पूर्वअध्यक्ष रमेशबहादुर बोहरा, निंग्लाशैनी क्रिकेट क्लबका कोषाध्यक्ष डीलाइट बोहरा, निंग्लाशैनी मन्दिरका भण्डारी चक्रबहादुर बोहरालगायतको उपस्थिति थियो । युएईमा बोहराले ३ वटा खेल खेलेका थिए ।

पोलार्ड उपनामले परिचित बोहरा दशरथचन्द नगरपालिका २ देहिमाडौँमा विसं २०६१ पुस ११ मा जन्मिएका थिए । सानैदेखि क्रिकेटमा रुचि राख्ने उनले धुले मैदानबाट क्रिकेट खेल्न सुरु गरेका थिए । उनी मध्यक्रमका ब्याटर हुन् ।

विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ क्यानले जनही रू एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.