क्रिकेटखेल

पारसको १२ बलमा ३९ रनसंगै उपाधि जित्यो २०१४ विश्वकप लिजेण्डले

व्यवसायी विनोद कुँवरको लगानीमा निर्माण सम्पन्न भएको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनका अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वर्ल्ड कप लिजेन्डले जितेको छ ।

विश्वकप खेल्दाका कप्तान तथा हाल नेपाल क्रिकट संघका सचिव पारस खड्काको नेतृत्वमा रहेको २०१४ वर्ल्ड कप लिजेन्ड उपाधि जितेको हो ।

चार टोली सहभागी प्रतियोगिताको फाइनलमा कप्तान पारसले १२ बलमा ३९ रनको उत्कृष्ट पारी खेलेपछि निर्धारित १० ओभरमा विकेट गुमाएर १०१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको रेस्ट अफ नेपाल १० ओभरमा नौ विकेट गुमाउँदै ८४ रन मात्र बनाएपछि २०१४ वर्ल्ड लिजेन्डले रेस्ट अफ नेपाललाई १७ रनले हरायो ।

१० ओभरको खेलमा सन् २०१४ वर्ल्ड कप लिजेन्डले १०२ रनको विशाल लक्ष्य दियो । जवाफी ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो ।

 रेस्ट अफ नेपालका लाक्पा लामाले २० रन जोड्दा उनिल श्रेष्ठले १८ रन र सीता रानामगरले १२ रनको योगदान दिनुभयो । अन्य ब्याटर सस्तै आउट भएपछि रेस्ट अफ नेपालले लक्ष्य भेटाउन सकेन ।

सन् २०१४ वर्ल्ड कप लिजेन्डको बलिङमा सामसङ जंग थापाले दुई ओभरमा चार विकेट लिनुभयो । शक्ति गौचन र बद्री पंगेनीको नाममा समान दुई विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सन् २०१४ वर्ल्ड कप लिजेन्ड्सले निर्धारित ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल बनाएको थियो । २०१४ वर्ल्ड कप लिजेन्डका कप्तान पारस खड्काले १२ बलमा ३९ रन बनाउनुभयो ।

ओपनर वीरेन्द्र शाहले २९ रन र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिनुभयो । रेस्ट नेपालका लाक्पा लामाले चार विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेपनि आफ्नो टोलीलाई जित दिलाउन सक्नुभएन । राजकुमार प्रधान र दीपेन्द्र चौधरीको नाममा समान एक विकेट रह्यो ।

यसअघिका खेलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई १६ रन र सन् २०१४ वर्ल्ड कप लिजेन्ड्सले १९९६ लिजेन्ड्सलाई पाँच विकेटले हराउँदै उपाधि भिडन्त तय गरेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.