राजनीति

आफ्नै आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले एमसीसी

संसदबाट व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भए पनि यसको बिरोध हुने क्रम रोकिएको छैन । एमसीसी देश विकासको आधार भन्नेहरु र देशघाती भन्नेहरुको जुहारी जारी नै छ ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष र केही नेताहरु यसको पक्षमा रहेर यसअघिको बिरोधलाई व्याख्यात्मक घोषणाले सम्बोधन गरेको भन्दै बचाउ गरिरहेका छन् ।

गठबन्धनको नेतृत्व नेपाली कांग्रेस भने एमसीसीले देशको काँचुली फेरिने दावी गरिरहेको छ । यस क्रममा नेपाली कांगेसका महामन्त्री शर्माले एमसीसी देश विकासको आधार भएको बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताउनुभयो ।

“विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रुपान्तरण गर्न एमसीसी स्वीकार गरिएको हो” ।

उहाँले भन्नुभयो, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसीसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन् ।”

कांग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसीसीको पक्षमा उभिएको उहाँको तर्क छ । “एमसीसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो”, उहाँले भन्नुभयो, “यसमा कुनै दुविधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.