प्रथम नायिका चन्दलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’
नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित हुनुभएको छ । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उहाँलाई शो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ चलचित्रकर्मी यादव खरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङ लगायतले उहाँलाई खादा, पुष्पगुच्छा र सम्मान पत्रले सम्मानित गरे ।
कार्यक्रममा कला निर्देशक निर्जल श्रेष्ठ ‘सोसल मिडिया कला सम्मान २०७९’ प्राप्त गरे भने पत्रकार पारमणी पौडेल ‘युवा पत्रकारिता पुरस्कार २०७९’ बाट सम्मानित हुनुभयो । पत्रकारलाई पौडेललाई नगद १५ हजार पाँच सय ५५ बाट सम्मानित गरिएको हो ।
ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडाँैले आयोजनामा गरेको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’मा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड पाएको छ । सो लघुचलचित्रमा माओवादीकालको द्वन्द्वमा आधारित कथावस्तु समेटिएको छ ।
समारोहमा उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएका छन् ।
चर्चित फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायक रहेको अवार्डमा आदिवासी जनजाति चलचित्रमा भने निणार्यक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्