राजनीति

निवर्तमान राष्ट्रपतिलाई निवाससम्म पुर्याउन किन गएनन् सरकारी टोली

मुलुकको राष्ट्राध्यक्षको कार्यकाल समाप्त भएर सरकारी निवास छाडी आफ्नो निवास फर्कने क्रममा सरकारी अधिकारीहरुको उपस्थिति हुने प्रचलन रहेकामा यसपटक सरकारले त्यस्तो संस्कार देखाएन ।

सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहणसंगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै सेवा सुविधा नलिने घोषणासहित आफ्नो निवास फर्कदा सरकारी प्रतिनिधित्व गरी गृह मन्त्रालयका अधिकारी उपस्थित भएनन् ।

राष्ट्रपति पौडेलले उच्चच राजनीतिक संस्कार र मर्यादा देखाउँदै निवर्तमान राष्ट्रपति भण्डारीलाई छाड्न कारसम्म आउनुभयो । तर, सरकारी प्रतिनिधि कोही उपस्थित भएनन् । यो त्रुटी थियो वा नियोजित त्यो गृह मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्रीलाई नै थाहा होला ।

अघिल्लोपटक तत्कालीन राष्ट्रपति डा. रामवरण यादव सशितल निवासबाट बाहिरिने क्रममा तत्कालीन केपी ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव गणेश ढकालको टोली बागडोल निवाससम्म पठाएको थियो ।

सरकारी अधिकारी उपस्थित नभए पछि नेपाली सेनाका बिग्रेडियर जनरल पवन घिमिरे नेतृत्वको टुकडीले भण्डारीलाई बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरसम्म छाडेको छ ।

राष्ट्रपतिको स्वागत र बिदाइसम्बन्धी सबै काम शीतल निवासमा हुने भए पनि यसको सम्पूर्ण व्यवस्थापन गृह मन्त्रालयले हेर्छ । मन्त्रालय अन्तर्गत समारोह व्यवस्थापन समितिले यसको जिम्मा लिने गर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.