राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीद्वारा बधाई

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन् । भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठ

परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उहाँहरूप्रति आभार प्रकट गर्नुभएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.