जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । झापा, कनकाई नगरपालिका-१ कालिमुडा बस्ने जय प्रकाश चौलागाईको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा लत्ताकपडा, खाद्यान्न लगायत विभिन्न सर- सामनहरू जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै पाँचथर, फालेलुङ गाउँपालिका-३ माङलेबुङ बस्ने कमला थाम्सुहाङको घरमा बुधबार बिहान आगलागी भई सोही ठाउँ बस्ने मन कुमार थाम्सुहाङको कच्ची घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै संखुवासभा, सिलिचोङ गाउँपालिका-२ तेलुङ्बा पाक्ला बस्ने ६७ वर्षीय बल बहादुर राईको गोठमा बुधबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै आगलागीमा जलेर घाइते भएका राईको बाला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.