क्रिकेटखेल

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा कर्णाली सामू जितको लागि २६३ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ । आर्मीका तिर्थराज दास र विनोद भण्डारीले अर्धशतक बनाउनुभएको छ ।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो दुई ब्याट्सम्यानको अर्धशतकको सहयोगमा ५० ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनाएको छ । आर्मीका ओपनर तिर्थराज दासले ८४ बलको सामना गर्दै १० चौकाको सहयोगमा ६९ रन बनाउदा कप्तानसमेत रहनुभएका विनोद भण्डारीले ६४ बलमा ४ चौका र २ छक्का हिर्काउदै ५६ रन बनाउनुभयो । यसैगरी भिम सार्कीले ४० रन र बसीर अहमद ३६ रन प्रहार गर्नुभयो ।

बलिङ्गमा कर्णाली प्रदेशका प्रकाश जैसीले १० ओभरमा ६४ रन खर्चिदै ४ विकेट लिनुभयो भने दिनेश अधिकारीले आफ्नो स्पेलमा ७४ रन खचिँदै ३ विकेट लिनुभयो । सुनिल धमला २ विकेट लिनुभयो ।

दुई खेल खेलेको आर्मीको टोली दुबैमा जित निकाल्दै ४ अङ्कसहित प्रतियोगिताको अङ्कतालिकामा शिर्ष स्थानमा रहेको छ भने २ खेल नै खेलेको कर्णाली १ वटामा जित र १ वटामा हार ब्यहोर्दै २ अङ्कसहित अङ्कतालिकामा ५ औँ स्थानमा रहेको छ ।(तस्विर उपलब्ध छ।)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.