विश्व समाचार

युक्रेनका लागि युद्धविराम ’राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको आलोचना गर्दै यसले युक्रेनी सेनाका लागि ‘राहत’ मात्र हुने बताउनु भएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जसँग फोनमा कुरा गरेपछि युरी उशाकोभले सरकारी सञ्चारमाध्यमसँग भन्नुभयो, “यो युक्रेनी सेनाका लागि अस्थायी ‘विश्राम’ बाहेक अरू केही हुनेछैन ।”

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ‘सम्भवतः थप विशिष्ट र ठोस आँकलन’ गर्ने उहाँले बताउनुभयो । उशाकोभले रुसले ‘दीर्घकालीन शान्तिपूर्ण समाधान’को लक्ष्य राखेको र यसले रुसको ‘वैध हित’ सुरक्षित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी त्यसैका लागि प्रयासरत छौँ । साथै, शान्तिपूर्ण कदमको नक्कल गर्ने कुनै पनि कदम अहिलेको परिस्थितिमा कसैलाई पनि आवश्यक छैन भन्ने मलाई लाग्छ ।”

वासिङ्टनले मस्कोलाई तीन वर्षे द्वन्द्वलाई ‘बिनाशर्त’ रोक्न दबाब दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना प्रस्तुत गर्न बिहीबार रुस आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.