विश्व समाचार

आमाबाट छुट्टिएको छावाको उद्धार

इन्डोनेसियाली अधिकारीहरूले पाम तेलको बगानबाट आमासँग छटेर अलपत्र अवस्थामा रहेको हात्तिको एक बच्चाको उद्धार गरिएको छ।

छावाको उद्धार

सङ्कटापन्न अवस्थामा रहेको सुमात्रेली हात्तीको छावालाई उद्धार गरिएको हो । ‘वल्र्ड वाइड फन्ड फर नेचर’का अनुसार विश्वमा दुई हजार ४०० देखि दुई हजार ८०० को हाराहारीमा मात्र रहेको सुमात्रेली हात्ती लोप हुने अवस्थामा पुगेका छन् ।

स्थानीय संरक्षण निकायका अधिकारी उजाङ होलिसुदिनले एएफपीलाई दिएको जानकारीअनुसार सुमात्राको पश्चिमी टापुको रियाउ प्रान्तमा रहेको पाम तेलको बगानमा सोमबार दुई महिनाको भाले छावा फेला परेको हो ।

उजाङले भन्नुभयो, “यो छावा उसको समूह वा उसकी आमाबाट संयोगबस छुट्टिएको हुन सक्छ । यो उसको आमाको अन्य कतै मृत्यु भएपछि एक्लिएको पनि हुनसक्छ।”

उहाँले भन्नुभयो, “बगानमा एक्लो रहेको छावा भोकले भूईमा लडेको अवस्थामा कसैले देखेपछि प्रशासनलाई खबर गरेको र अहिले उसको उद्धार भएको छ ।”

“उक्त छावाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य राम्रो रहेकोले उसलाई प्रान्तीय राजधानी पेकानबारु नजिकै रहेको संरक्षण निकायको हात्ती प्रशिक्षण केन्द्रमा ल्याइएको छ,” उहाँले बताउनुभयो ।

अधिकारीहरूले उक्त क्षेत्रमा हात्तीको बथानको निगरानी गरिरहेका र देखिएमा छावालाई परिवारसँग पुनर्मिलन गर्न सकिन्छ कि भनेर थप प्राकृतिक उद्धारको पहल भइरहेको बताइएको छ । अवैध वन्यजन्तुको व्यापारमा बहुमूल्य मानिने हात्तीको दाँतको अत्यधिक चोरी सिकारले हात्तीको सङ्ख्या लाई खतरामा पारेको छ।

इन्डोनेसिया वन्यजन्तु अपराधसँग जुधिरहेको छ र हालैका वर्षहरूमा हात्तीको विषाक्तताका धेरै घटनाहरू भएका रोपोर्ट भएका छन् । वन फँडानीले उनीहरूको प्राकृतिक वासस्थानलाई पनि घटाएको छ र उनीहरूलाई मानिससँग बढ्दो द्वन्द्वमा ल्याएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.