जन सरोकार

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु (सूचीसहित)

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप सातजना नेपाली युवाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आज चैत्र १ गते एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।

रूसी सेना

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।

विज्ञप्तिमा रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि जनाइएको छ ।

साथै साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका लागि रुसी महासंघका राजदूतले गर्नुभएको शिष्टाचार भेटमा रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गर्न, मृतकको शव नेपाल पठाउन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभएको थियो ।

मानव तस्करको प्रलोभनमा परी रुसी सेनामा भर्ना भएर युद्धमा होेमिएको दर्जन बढी नेपाली युवाहरुको मृत्यु भैसकेको छ भने कैयौं युक्रेनमा बन्दी बनेको समाचारहरु बाहिरिएका छन् ।

युक्रेनसंगको युद्धपछि रुसले विदेशी युवाहरुलाई आफ्नो सेनामा भर्ना लिने घोषणा गरेपछि ठूलो संख्यामा नेपालीहरु भर्ना भएको आँकलन गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.