अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो तोलाको ?

स्थानीय बजारमा सुनको मूल्यमा रेकर्ड कायम गरेको छ । आज तोलामा रु चार हजारले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ७० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७४ हजार पाँच सय निर्धारण भएको छ ।

यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो । उक्त रेकर्ड पनि तोडेर अहिले मूल्य उच्च बन्न पुगेको हो । यस्तै चाँदीको मूल्य तोलामा रु ५० ले बढेको छ ।

बुधबार प्रतितोला रु दुई हजारमा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ५० निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.