जल/वातावरण

गैंडा गणनाका लागि समेत बजेट छैन

विश्वको दुर्लभ वन्यजन्तु एकसिंगै गैंडा संरक्षण र यसको संख्या यक्किनका लागि हुँदैआएको गैंडा गणना बजेट अभावका कारण नहुने भएको छ । हरेक पाँच वर्षमा गैँडा गणना हुँदैआएको थियो ।

नेपाल सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यो कार्य दाताहरुको सहयोगमा हुँदै आएकामा यस वर्ष सहायता आएको छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक– एक गैँडाको सङ्केतका आधारमा अवस्था पहिचान गरिने उहाँले बताउनुभयो । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने उहाँले बताउनुभयो ।

महानिर्देशक कँडेलले भन्नुभयो, “गणनाजस्तै गरी यकिन सङ्ख्या सार्वजनिक नभए पनि सूक्ष्म रुपमा एकएक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ ।” विभागले निकुञ्जसँग सहकार्य गर्ने विभिन्न दातृ निकायसँग मिलेर गैँडा गणना गर्दै आएको थियो ।

चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा पाइन्छन् । गणनाले सबैभन्दा बढी चितवनमा रहेका देखाएको थियो । उक्त गणनाअनुसार त्यसबेला ७५२ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ एकसिङ्गे गैँडा थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा त्यस्ता गैँडा रहेका तथ्याङ्क छ ।

नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेका विभागले जनाएको छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैँडा थिए । यसअघि सन् २०२१ मा गैँडा गणना गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.