खेलफूटबल

फ्रेन्ड्स क्लब विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

फ्रेन्ड्स क्लब

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले समान एक एक गोल गरे ।

यता जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए । खेलको १९ औँ मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४० औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरे पनि फ्रेन्ड्स २–१ ले विजयी भयो । फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो ।

यस जितसँगै पहिलो जित हात पारेको फ्रेन्ड्सले चार खेलमा चार अङ्क जोडेको छ । समान चार खेल खेलेको जावलाखेलको सात अङ्क रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.