गणतन्त्र मुर्दावाद भन्दै जलाए प्रचण्डको तस्वीर
मुलुकमा गणतन्त्र स्थापनाको आधार तयार गर्ने काम १० वर्षसम्म सशस्त्र युद्ध गरेको नेकपा माओवादी केन्द्रले गरेको हो र यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।

पछिल्लो समयमा गणतन्त्रको साटो संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्रको माग जोडतोडले उठिरहेका बेला अध्यक्ष प्रचण्डको तस्वीर जलाइएको छ ।
शनिबार हेटौंडामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको हो ।
राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी कार्यक्रममा संगठनका सदस्यसचिव नीराजन बम पताँलाले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीरमा आगो लगाउनुभएको हो ।
पातालाले गणतन्त्र मुर्दावाद भन्ने नारा लगाउँदै प्रचण्डको तस्वीरमा आगो लगाउँदै कार्यक्रममा सहभागीलाई पनि प्रचण्ड हत्यारा मुर्दावाद भन्ने नारा लगाउन आव्हान गर्नुभएको थियो ।
फागुन २५ गते राजतन्त्रवादीहरुले पूर्वराजा पोखराबाट काठमाडौं आउँदा विशाल जुलुशसहित स्वागत गरेपछि गणतन्त्र पक्षधर नेताहरु हच्किइरहेका छन् । उनीहरु पूर्व राजालाई ठेगान लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
यसै क्रममा शुक्रबार सिन्धुपाल्चोकमा आयोजित जनसभामा ध्यक्ष अ पूर्वराजालाई संविधानको दायराभित्र रहन सचेत गराउँँदै इँटको जवाफ पत्थरले दिने चेतावनी दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्