जन सरोकार

भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता

नेपालमै उत्पत्ति र विकास भएको उच्च हिमाली भेगमा पाइने, सो क्षेत्रको बस्ती र गोठको रक्षक भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय केनेल क्लब (आईकेसी)ले आधिकारिक रूपमा कुकुर जातिको दिएको हो । भोटे कुकुरलाई आधिकारिक मान्यता दिने आईकेसी पहिलो संस्था हो ।

भोटे कुकुर क्लब अफ नेपालका विजय पौडेलले भोटे कुकुरलाई आधिकारिक रुपमा मान्यता दिइएसंगै अब अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरू जस्तैः वर्ल्ड केनेल युनियन, फेडेरेसन साइनोलोजिक इन्टरनेसनल लगायतका संस्थाबाट मान्यता दिलाउने प्रकृया अगाडी बढिरहेको जानकारी दिनुभएको छ ।

नेपालको भोटे कुकुर तिब्बतमा पाइने तिब्बतीयन म्याटिस्फ जस्तै देखिन्छ । तर यी दुई फरक हुन् । त्यसैले भोटे कुकुर नेपालमै उत्पत्ति र विकास भएको भनी मान्यता दिलाउन २०७९ सालमा उक्त क्लब स्थापना भएको थियो ।

हिमाली भेगको दैनिक जीवन र अर्थतन्त्रको पहरेदारका रुपमा भोटे कुकुर रहेका छन् । यदि घरमा भोटे कुकुर घरमा भएन भने गोठमा काम गर्ने मान्छे हुँदैन, गोठाला भएन भने बाघले खाइदिन्छ । त्यसैले यो बिना उच्च हिमाली क्षेत्रको जनजीवन कष्टकर हुन्छ ।

हिमाली भेगमा पशुरक्षकका रुपमा रहेको भोटे कुकुर काठमाडौं लगायत शहरी क्षेत्रका साथै अहिले तराई र पहाडतिर समेत मानिसहरूले पाल्ने गरेका छन् । भोटे कुकुरको छाउरा ४० हजार र छाउरी ३० हजार रुपैयाँसम्म पर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.