जापान

एभरेष्ट इन्टरनेशनल स्कुलको आराकावा क्याम्पस संचालन

जापानको राजधानी टोकियोमा सन् २०१३ मा नेपाली पाठ्यक्रम अनुसार अध्यापन हुँदैआएका एभरेष्ट इन्टरनेशनल स्कुलको आराकावा शाखा संचालनमा आएको छ ।

स्कूलको नयाँ शाखा ‘एभरेष्ट इन्टरनेशनल स्कुल, आराकावा क्याम्पस’मा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुनेछ । आराकावा क्याम्पसको उद्घाटन यही मार्च ९ आइतबार कालिदास बाबाबाट विशेष पूजा आराधना गरी सम्पन्न गरिएको थियो ।

सो अवसरमा नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, भारतीय राजदूतावासका उपनियोग प्रमुख आर. मधुसुदन, जापान तथा कोरियाबाट आमन्त्रित विशिष्ट अतिथिहरू तथा विभिन्न क्षेत्रका समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

उएनो, निप्पोरी, ओकुबो, माचिया तथा साइतामा क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकालाई लक्षित गरी स्थापना गरिएको क्याम्पसमा नेपालको नयाँ शैक्षिकसत्र (अप्रिल २०२५) देखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।

सुरुवातमा नर्सरीदेखि कक्षा ५ सम्मको अध्ययन गराइने क्याम्पसमा आगामी वर्षहरूमा क्रमशः उच्च कक्षाहरू थप्ने योजना बनाइएको छ ।

जापानमा चावटा शाखा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलका सबै क्याम्पसमा विद्यार्थीहरूको स्थानान्तरणको सुविधा समेत उपलब्ध रहने विद्यालयले क्याम्ब्रिज विश्वविद्यालयको माध्यमिक तहसम्मको मान्यता प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.