४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
ट्रम्प प्रशासनले ४३ देशका नागरिकहरूलाई संयुक्त राज्य अमेरिकाको यात्रामा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

यो प्रतिवन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा व्यापक हुने जानकार अधिकारीहरूले बताएका छन् ।ट्रम्प प्रशासनले देशहरुलाई रातो, सुन्तला र पहेँलो गरी तीन भागमा विभाजन गरेको छ ।
जसमा रातो सूचीमा परेका देशका नागरिकहरुलाई पूर्ण रूपमा यात्रा प्रतिबन्ध लगाइने छ भने सुन्तला रङको सूचीमा रहेका देशहरूमा भिसामा तीव्र प्रतिवन्ध र पहेँलो सूचीमा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्नका लागि ६० दिनको समय दिइएको न्युयोर्क टाइम्सले जनाएको छ ।
कूटनीतिक तथा सुरक्षा अधिकारीहरूले तयार पारेको सिफारिसहरूको मस्यौदा सूचीमा ११ देशहरूको “रातो” सूची सुझाव दिइएको छ, जसका नागरिकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ । ती देशहरूमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन रहेका अधिकारीहरूले बताएका छन् ।
यस्तो छ प्रस्तावित यात्रा प्रतिबन्ध भएका देशहरूको मस्यौदा सूची
रातो सूची : सबै यात्रा प्रतिवन्ध
अफगानिस्तान
भुटान
क्युबा
इरान
लिबिया
उत्तर कोरिया
सोमालिया
सुडान
सिरिया
भेनेजुयला
यमन
सुन्तला रङ : भिसामा तीव्र प्रतिवन्ध
बेलारूस
इरिट्रिया
हाइटी
लाओस
म्यानमार
पाकिस्तान
रसिया
सियर्रा लियोन
दक्षिण सुडान
तुर्केमेनिस्तान
पहेलो सूची : चिन्ता सम्बोधन गर्न ६० दिन
एंगोला
एन्टिगुआ एन्ड बार्बुडा
बेनिन
बुर्किना फासो
क्यामरून
केप भर्डे
चाड
रिपब्लिक अफ कंगो
डेमोक्र्याटिक रिपब्लिक अफ कंगो
डोमिनिका
इक्वेटोरियल गुयना
गाम्बिया
लाइबेरिया
मलवी
माली
माउरीटानिया
सेन्ट किट्स एन्ड नेविस
सेन्ट लुसिया
साओ टोम एन्ड प्रिन्सिप
भानुआटा
जिम्बावे
प्रतिक्रिया राख्नुहोस्