अर्थ

चार सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुनको मूल्य रु चार सयले र चाँदीको पाँच रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला रु एक लाख ७४ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ घट्दै प्रतितोला रु दुई हजार ४५ मा किनबेच हुँदैछ । शुक्रबार चाँदी तोलामा दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.