क्रिकेटखेल

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको तेस्रो जित, बागमती ४८ रनले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो जित हासिल गरेको छ । आइतबार भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो ।

दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा एक सय १५ रनमा समेटिएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३३ रन बनाए भने मनीष थापा र कप्तान देव खनालले समान १५-१५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि गौतम केसीले चार विकर लिए भने सूर्य तामाङ र इशान पाण्डेले समान दुई-दुई विकेट लिंदा रिजन ढकालको भागमा एक विकेट रह्यो । लुम्बिनीले प्रस्तुत गरेको एक सय १६ रनको लक्ष्य लिएर मैदान उत्रेको बागमती २२.५ ओभरमा ६७ रनमै अलआउट भयो ।

बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ रन बनाए भने आशुतोष घिरैया र सुमन सुनारले समान समान ११-११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक रन जोड्न सकेनन् । लुम्बिनीका लागि विप्रसन केसी र अजय चौहानले समान तीन-तीन विकेट लिए भने निर्मल गुरुङ र रमेश कुर्मीको भागमा समान दुई-दुई विकेट रह्यो ।

जितसँगै लुम्बिनी चार खेलमा तीन जित र एक हारसहित छ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा दुई अंक जोडेको बागमती पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.