प्रधानमन्त्री कपकै कम स्कोर बनेको खेलमा कोशी प्रदेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आइतबर भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

भैरहवाको एक्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २४.४ ओभरमा ३१ रनमै समेटिएको थियो । गण्डकीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् भने चार ब्याटर रनको खाता पनि नखोली पेभेलियन फर्किए ।
कोशीका लागि विपिन महतोले आठ ओभरमा तीन मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए भने फिरदोस अन्सारीले तीन विकेट लिंदा दिपेश कँडेलको भागमा एक विकेट रह्यो । गण्डकीले प्रस्तुत गरेको ३२ रनको लक्ष्य कोशीले ८.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । कोशीका लागि साकिब हक १६ रनमा अविजित रहे भने चिराग साहले १० रन जोड्दा सोनु अन्सारी चार रनमा नट आउट रहे ।
गण्डकीका लागि सुवास भण्डारीले एक विकेट लिए । जितसँगै कोशी पाँच खेलमा एक जित र चार हारसहित दुई अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा दुई अंक नै जोडेको गण्डकी छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्