जन सरोकार

महोत्तरी र सुनसरीबाट विभिन्न धनमाल चोरी

महोत्तरी र सुनसरीबाट विभिन्न धनमाल चोरी भएको छ । महोत्तरी बलवा नगरपालिका-३ परौल बजारस्थित मनरा शिसवा नगरपालिका-६ सरपल्लो बस्ने अरूण साहको शिवशान्ति ज्वेलर्सबाट २० किलोग्राम चाँदी, २० तोला सुन र नगद १ लाख ३० हजार रूपैयाँ गरी करिब ७१ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

त्यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-२ मुक्तिनारायण मन्दिर नजिक बस्ने ६४ वर्षीया सरस्वती दाहालको घरबाट ३ तोला बराबरको सुनका गरगहना र नगद ३ हजार रूपैयाँ शनिबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.