अर्थ
सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार एक सय कायम भएको छ ।

आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यता आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको प्रतितोला रु पाँचले घटेर दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्