राजनीति

शरणार्थी प्रकरण : बेचन र टेकनारायणको थुना कानुनसम्मत

सर्वोच्च अदालतले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा थुनामा रहेका टेकनारायण पाण्डे र बेचन झालाई थुनामा राख्नु कानुनसम्म रहेको फैसला गरेको छ ।

पाण्डे र झालाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज न्यायाधीशहरू डा. कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले पाण्डेलाई थुनामै राख्नु कानुनसम्मत रहेको फैसला गरेको हो ।

त्यसै गरी विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले बेचन झाले दर्ता गरेको अर्को बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर मुद्दा चलेका पाण्डे र झालाई जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेको थियो । त्यसविरुद्ध उनीहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.