राजनीति

चैतसम्म विद्यालय तथा कलेज बन्द, एसईई परीक्षामा हेल्थ डेस्क स्थापना, २५ जनाभन्दा बढी भेला हुन नपाइने

कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । त्यसै भोलि (चैत ६ गते)देखि हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय भएको छ ।
कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन । बैठकले कोरोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ ।
बुधबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको बैठकले बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ ।
सरकारले मानिसहरुको बढी भिडभाड हुने स्थानलाई पनि नियन्त्रण गरेको छ । मन्दिर, गुम्बा, चर्चलगायत धार्मिक स्थानमा २५ जनाभन्दा बढी उपस्थित नहुन र अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न आग्रह गरेको छ ।
हेर्नुहोस् सरकारको १५ निर्णय

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.