जन सरोकार

च्याउ खाएर बिरामी भएका १० जनामध्ये एक जनाको मृत्यु

तनहुँ जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत अवस्थामा ४ जना फेला

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.