क्रिकेटखेल

इशान पाण्डेको अलराउन्ड प्रदर्शनमा बागमतीको दोस्रो जित, गण्डकी ६९ रनले पराजित

इशान पाण्डेको अलराउन्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा गण्डकी प्रदेशमाथि ६९ रनको जित निकाल्दै बागमतीले प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

इशान पाण्डेको अलराउन्ड प्रदर्शनमा बागमतीको दोस्रो जित, गण्डकी ६९ रनले पराजित

सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८८ रन बनाएको थियो । बागमतीका लागि इशान पाण्डेले ८२ बलमा ६ चौकाको मद्दतमा ६९ रनको अर्धशतकीय पारी खेले भने विपिन आचार्यले ४२ बलमा सात चौका र दुई छक्काको सहयोगमा अविजित रहँदै ६३ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै शुभ कंसाकारले ५१ बलमा ९ चौकाको प्रहार गर्दै ५२ रन जोड्दा विवेक मगरले ३४ रन बनाए । यस्तै रिजन ढकाल २३ रनमा अविजित रहँदा कप्तान पृथु बास्कोटाले १६ र आशुतोष घिरैयाले १४ रन बनाए । गण्डकीका लागि अर्जुन कुमालले चार विकेट लिए भने विपिन खत्री र सुवास भण्डारीको भागमा समान दुई-दुई विकेट रह्यो ।

बागमतीले प्रस्तुत गरेको दुई सय ८९ रनको लक्ष्य लिएर मैदान उत्रेको गण्डकी ४४ ओभरमा दुई सय १९ रनमा अलआउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले ९० बलमा चार चौकाको मद्दतले ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यसैगरी समीर कँडेलले २६ रन जोड्दा अमृत गुरुङले २०, दीपक डुम्रे र कमल परियारले समान -१९-१९ रन बनाए ।

यस्तै सुवास भण्डारी १८ रनमा अविजित रहँदा अर्जुन कुमालले १४, दिनेश बुढामगरले ११ र सुजन गौतमले १० रन जोडे । बागमतीका लागि इशान पाण्डेले चार विकेट लिए भने साकार गजुरेलले दुई विकेट लिंदा रिजन ढकाल, सूर्य तामाङ र गौतम केसीको भागमा समान एक-एक विकेट रह्यो ।

जितसँगै बागमती पाँच खेलमा चार अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ समान खेलबाट दुई अंक जोडेको गण्डकी आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.