मुलुकमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला नभए पनि नेपाली खेलाडीहरुले ठूलो सफलता हात पारिरहेका छन् । काठमाडौंको मुलपानीमा दशक अघिदेखि रंगशाला निर्माणको काम भैरहे पनि अझै सम्पन्न हुन सकेको छैन ।
यसबीचमा काठमाडौं क्षेत्र नं. २ की सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौँ निर्वाचन क्षेत्र नं २ का विभिन्न समस्या पनि राख्नुभएको थियो ।
सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताउनुभयो । सोही अवसरमा प्रधानमन्त्री दाहालले मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्