प्रदेशमधेश

मधेस प्रदेशमा कांग्रेसका मन्त्रीहरु हटाउँदै एमालेसहितको सरकार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन गर्नुभएको छ ।

केन्द्रमा सत्ता गठबन्धन बदलिएपछि एमालेलाई सरकारमा सहभागी गराउँदै उहाँले सोमबार मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

पुनर्गठित मन्त्रिमण्डलमा एमालेका तर्फबाट प्रदेशसभा संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरिएको छ ।

यसअघि गत वर्ष सम्पन्न आमनिर्वाचनपछि एमालेसहितको गठबन्धन बन्दा उहाँले छोटो समयका लागि सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मन्त्री यादवले आजै पदबहाली गर्नुभएका प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ । मन्त्री यादवले  पदभारसमेत ग्रहण गर्नुभएको छ ।

केन्द्रीय गठबन्धनमा फेरबदल हुँदा पनि नेपाली कांग्रेसतर्फका मन्त्रीहरूले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले एउटा मन्त्रालय एमालेलाई दिएर बाँकी चार मन्त्रालय आफूसँगै राखी मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

प्रदेश सरकारको त्यसै गरी अर्थ मन्त्रीमा जसपाका सञ्जयकुमार यादव, खेलकुद तथा समाज कल्याण मन्त्रीमा जसपाकै सुरिता कुमारी साह, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा जसपाकै सिंगासन सा कलवार, वन तथा वातावरण मन्त्रीमा लोसपाका रमेशप्रसाद कुर्मी कायमै हुनुहुन्छ ।

यसै गरी उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा नेकपा (माओवादी केन्द्र) का सुनिता यादव, ऊर्जा सिचाई तथा खानेपानी राज्य मन्त्रीमा जसपाका शेख अबुल कलाम आजाद र उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का रहबर अन्सारीलाई यथावत् राखिएको छ ।

त्यस्तै, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने पनि यथावत रहनु भएको छ ।

मुख्यमन्त्री यादवसँग शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसङ्ख्या, गृह, सञ्चार तथा कानुन र श्रम तथा यातायात गरी चार मन्त्रालय छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.