क्रिकेटखेल

गण्डकीद्वारा पुलिस सामू जितको लागि ९३ रनको लक्ष्य

ललित र गुलसनको उत्कृष्ट बलिङ

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले नेपाली पुलिस क्लब सामू जितको लागि ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिंङ गरेको गण्डकी २३ दशमलव दुई ओभरमा ९२ रनमा समेटियो । गण्डकीको लागि अर्जुन कुमालले ४८ रन बनाए भने रोहित चन्द र सुभाष भण्डारीले समान १०-१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसको लागि ललितनारायण राजवंशीले पाँच विकेट लिए भने गुलसन झाको भागमा चार विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.