क्रिकेटखेल

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको अपराजित यात्रा कायमै, गण्डकी सात विकेटले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा आफ्नो छैटौं खेलमा गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित दर्ता गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंङ गरेको गण्डकी २३ दशमलव दुई ओभरमा ९२ रनमा समेटियो ।गण्डकीको लागि अर्जुन कुमालले ४८ रन बनाए भने रोहित चन्द र सुवास भण्डारीले समान १०-१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसको लागि ललितनारायण राजवंशीले पाँच विकेट लिए भने गुलसन झाको भागमा चार विकेट रह्यो । गण्डकीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य लिएर मैदान उत्रेको पुलिसले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतले ५४ रनको अर्धशतकीय पारी खेले भने अर्जुज साउद १८ र दिलिप नथा १० रनमा अविजित रहे ।

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान एक विकेट लिए । जितसँगै पुलिस छ खेलमा अ२ अंक जोड्दै शीर्षस्थानमा छ भने समान खेलमा गण्डकी समान खेलबाट दुई अंकको गण्डकी पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.