क्रिकेटखेल

आर्मीले दियो मधेसलाई जितको लागि दुई सय १८ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई दुई सय १८ लक्ष्य दिएको छ । बुधबार लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय १७ रनको बनाएको हो ।

आर्मीका लागि भीम सार्कीले एक सय २६ बलको सामना गर्दै ४ चौका प्रहार गर्दै सर्वाधिक ८९ रन जोडे । उनी शतक बनाउँन ११ रनले चुके । त्यस्तै सन्तोष कार्की ५३ बलमा तीन चौकाको मद्दतमा ३३ रन जोड्दा कुशल मल्ल २४ रनमा अविजित रहे ।

यस्तै विवेक यादवले १६, तृत राज दासले १४, कप्तान विनोद भण्डारी ११, बसिर अहमद १० रन र नरेन साउद ८ रनमा नट आउट रहे । मधेसका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान दुई-दुई विकेट लिए भने रञ्जित कुमारको भागमा एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.