जापान

जापानमा गुफा (बारा)को आयोजना हुँदै

जापानमा विभिन्न पेशा, व्यवसायमा संलग्न नेवाःहरूको क्रियाशील संस्था नेवाः अन्तराष्ट्रिय फोरम जापानले गुफा (बारा)को आयोजना गर्ने भएको छ।

नेवाः संस्कृतिको प्रबद्र्धन तथा संरक्षणलाई जोड दिंदै विभिन्न सांस्कृतिक गतिविधि गर्दैआएको फोरमका अध्यक्ष रूपेश डंगोलले गुफा कार्यक्रम टोकियो इचिगाया स्टेशन नजिक रहेको विहारमा आउँदो अप्रिल १२ तारिख, शनिबार आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ।

डंगोलले यही मार्च १ तारिखका दिन सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) सम्पन्न गरिसकेपछि, बालिकाका अभिभावकहरूबाट गुफा (बारा) आयोजना गर्न अनुरोध भएसंगै संस्थाले आवश्यक तयारीहरू गरिरहेको जानकारी दिनुभयो।

नेवारी संस्कारअनुसार, कुनै पनि बालिका किशोरावस्थामा प्रवेश गरेपछि गुफा (बारा) राखिन्छ। बालिका महिनावारी हुनु केही वर्षअघि नै घाम नपस्ने अँध्यारा कोठामा १२ दिनसम्म गुफा बस्ने परम्परा छ ।

सूर्यसँग विवाह गरिएको रूपमा पनि लिइने गुफालाई दोस्रो विवाह पनि मानिन्छ, किनभने यसअघि बालिकाहरूको बेल विवाह (ईही) गर्ने परम्परा रहिआएको छ।

परम्परा अनुसार लामो समयसम्म गुफा बस्ने चलनले धेरै चुनौतीहरू ल्याएको कारण एक रात मात्र बौद्ध विहारमा गुफा राख्ने नयाँ परम्परा नेपालमा प्रचलित हुँदै आएको छ।

यही परम्परालाई जापानमा पनि अनुसरण गर्दै एक रातको गुफा कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो।

जापानमा हुने गुफा (बारा) कार्यक्रममा सहभागी गराउन इच्छुक अभिभावकहरूले अप्रिल १ तारिखसम्म फोन. ०८०-६५५५-६६६७ मा सम्पर्क गरी नाम टिपाउन आग्रह गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.