अर्थ
सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ७६ हजार कायम भएको छ ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यता आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको प्रतितोला रु १५ घटेर दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्