कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीमा प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई जितको लागि दुई सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९७ रन बनायो । पुलिसको लागि कुशलले ९८ बलमा ११ चौकको मद्दतमा ८८ र दीपेन्द्रले ४६ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६० रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै अमित श्रेष्ठले ४८ रन जोड्दा आरिफ शेखले ३८, गुलशन झाले १६ र दिलिप नाथले १० रन बनाए । बागमतीको लागि प्रतिश जिसीले तीन विकेट लिए भने रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र बिपिन आचार्यको भागमा समान एक-एक विकेट रह्यो ।
पुलिस छ खेलमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने पाँच खेलमा चार अंक जोडेको बागमती सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्