राजनीति

२५ करोड रकम बराबरको भेप ल्याउने भाटभटेनी भएकाले कारबाही नभएको आरोप

सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौँ आउँदै गरेको गाडीमा अवैध भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अवैध भेप बोकेर आएको गाडी भाटभटेनी सुपर मार्केटको रहेकाले कारबाही नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, तातोपानी भन्सार नाकाबाट काठमाडौँ आउँदै गरेको ट्रकमा फेला परेको भेप एमालेको पार्टी कार्यालय बनाउन जग्गादान गर्ने दाताको ट्रक भएकाले कारबाही नभएको हो भन्दै सरकारमाथि प्रश्न उठाउनुभयो ।

सांसद झाले २५ करोड रकम बराबरको अवैध भेप ल्याउने मालिक पत्ता लगाउन सरकारसँग माग गर्दै भरिया समातेर कालाबजारिया संरक्षण नगर्न ध्यानाकर्षण गराउनुभयो ।

यसअघिका यस्तै घटनामा भरिया समातिए पनि अवैध सामान ल्याउने मालिकलाई उन्मुक्ति दिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । बाह्रबिसेमा समातिएको अवैध भेप भित्र्याउनेलाई कारबाही गर्न सांसद झाले माग गर्नुभयो ।

त्यस्तै सांसद गङ्गा कार्कीले बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको ना६ख ५४९६ नम्बरको ट्रक भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.