अर्थसेयर बजार

नेप्से निरन्तर ओरालोतिर

शेयर बजारमा बिहीबार पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।

बिहीबार नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ । बिहीबार तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ बराबरको कारोबार भएको हो ।

बिहीबार ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ । बिहीबार व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ । बिहीबारको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी छ दशमलव ९० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.