जापान

प्रधानमन्त्री किशिदा अचानक युक्रेन भ्रमणमा निस्किएपछि…

जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा निस्किनुभएको छ । युक्रेन भ्रमणको क्रममा उहाँले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुहुनेछ ।

यसअघि प्रधानमन्त्री किशिदा भारत भ्रमणमा रहनुभएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष जी-७ को अध्यक्षता गरिरहेको छ। यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका पर्छन् । यी देशको बढ्दो दबाबका कारण किशिदाले अचानक युक्रेन जाने निर्णय गरेको बताइएको छ।

जापानको आधिकारिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै किशिदा भारत भ्रमणको समापनपछि मंगलबार युक्रेन पुग्ने जानकारी दिएको छ । भ्रमणको जापान सरकारका अधिकारीहरूले भने पुष्टि गरेका छैनन् । गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि युक्रेन भ्रमण नगर्ने किशिदा मात्र ‘जी ७’ राष्ट्रका नेता हुनुहुन्छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न पुगेकाे बेला भएकाे किशिदाको युक्रेन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

यसअघि नै केही सरकारी अधिकारीहरूले किशिदालाई युक्रेनी राष्ट्रपतिबाट निमन्त्रणा पाएकोले किभको यात्रा गर्न दबाब दिइरहेका थिए । तर सैन्य बल र अन्य ‘जी ७’ देशका विशेष कर्मचारीहरूले युक्रेन भ्रमणको लागि आफ्नो नेताको सुरक्षा सुरक्षित गर्छ भने जापानमा यस्ता भ्रमणका क्रममा सेल्फ डिफेन्स फोर्सले सुरक्षा दिन सक्ने कुनै स्पष्ट व्यवस्था छैन ।

गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी मंगलबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई युक्रेनप्रति आफ्नो समर्थन रहेको भन्दै युक्रेनको राजधानी किभ पुग्नुभएको थियो ।

जापानले युक्रेनमा युद्ध सुरु भएदेखि रुसमाथि प्रतिबन्ध लगाएका पश्चिमी देशहरूको पक्षमा रहेको छ र युक्रेनलाई सहयोगको प्रस्ताव पनि गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.